Posts

Showing posts from May, 2017

श्रीमानसँग यौनसम्पर्क गर्दा मलाई त्यति आनन्द आउँदैन ! मैले के गर्नु पर्छ?

Image
श्रीमानसँग यौनसम्पर्क गर्दा मलाई त्यति आनन्द आउँदैन । मेरो विचारमा श्रीमानको यौनाङ मैले सोचे भन्दा सानो छ । मैले सुने अनुसार कतिपय अवस्थामा पुरूषको सानो यौनाङबाट पनि पर्याप्त यौन सुख हासिल गर्न सकिन्छ, त्यसका लागि मैले के कस्ता उपाय अवलम्बन गर्नु पर्ला ?डा. राजेन्द्र भद्रा श्रीमान्सँग आनन्द आउँदैन यौन मानवजीवनको अभिन्न अंग हो र स्वभाविक पनि । मानव मनमा यौनेच्छा एकदम स्वभाविक हो । भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानवजीवनका लागि प्रकृतिले नै दिएको । यौनेच्छा तपाईंमा एकदमै छ भन्ने प्रस्ट छ । तपाईंले आफूले यौनसम्पर्कबाट आनन्द प्राप्त गर्न नसक्नुभएको उल्लेख गरे पनि त्यसका लागि प्रयास गरेको कुरा उल्लेख गर्नुभएको छ । यौनेच्छा कसैमा बढी हुन्छ भने कसैमा कम । यो एउटै व्यक्तिमा पनि कहिले बढी र कहिले कम हुनसक्छ । तपाईंले श्रीमान्सँग यौनसम्पर्क गर्दा आनन्द नआएको र आफ्नो योनि खुकुलो भयो भन्ने मान्नुभएको देखिबाहेक अन्य जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति छैन । तपार्इंले आफ्ना श्रीमान्ले आफूबाट यौनआनन्द प्राप्त गर्नुभएको छ कि छैन भन्ने कुरा पनि लेख्नुभएको छैन तर पनि यसक...

सिंगै गाउँभरी रुवाबासी चलायो गुल्मिको एउटा बिवाहले हेर्नुहोस

Image
गुल्मी ‘लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अब छोरीको रुपमा कन्यादान दिँदैछु’ तम्घास ३ कि ६२ वर्षीया लक्ष्मी नेपाललीले विधवा बुहारीलाई कन्यादान दिँदै भनिन् ‘ अव माइतीको रुपमा मेरो घरमा आए, म छोरीको रुपमा सँधै स्वागत गर्नेछु ।’लक्ष्मीले आफ्नी बुहारीलाई छोरीको रुपमा कन्यादान दिँदा विवाहमा भेला भएका जन्ती र आफन्तजन सबैले आँसु बगाए थिए । विवाहमा सबै छोरीको जन्मिएको घरमा आमा बुबा र माइतीले कन्यादान दिन्छन् तर, गुल्मीमा सासु ससुराले आफ्नी बुहारीलाई कन्यादान दिँदै गर्दाको दृष्य हो यो । बिवाहआफ्नो जेठो छोराको मृत्युभएपछि सदरमुकाम तम्घास ३ बाघमारे निबासी सासु लक्ष्मी र ससुरा इस्वरी नेपालीले २४ वर्षीय उषा नेपालीको विवाह धुर्कोट रजस्थल १ निवासी सूर्य बहादुर नेपालीका छोरा २८ वर्षीय आशिष कुमार नेपालीसंग गरीदिएका हुन् । सासुआमाले आशिाषलाई ज्वाईँको रुपमा खुट्टाको जल खाएर हिन्दु धर्म अनुसार विवाह गरिदिएका थिए ।यसअघि उषाको २०६३ साल असारमा तम्घास ३ का प्रदिप नेपालीसंग विवाह भएको थियो । विवाह भएको २ वर्षपछि प्रदिपको तम्घासमा रहस्यमय रुपमा मृत्यु भएकाले श्रीमानको मृत्यु नभई हत्या भएको भन्दै किटानी ...

दम्पतीको यौन भिडियो बाहिरिएपछि….हेर्नुहोस >>

Image
काठमाडौं- राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव राख्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्। तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन्।त्यो भिडियो आफूसँग सुरक्षित रहेकोमा उनीहरू ढुक्क थिए। तर, एक दिन यस्तो आयो, उनीहरू छाँगाबाट खसेझैं भए। दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानकै एक व्यक्तिको हातमा थियो। ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो। लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे। कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटनामा अनुसन्धान अघि बढाएको छ। महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ।पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उ...

यौन सम्पर्कका बारेमा पढ्न लाज मान्नेहरुले यो पढ्नुस

Image
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनअनुसार किशोर-किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलो पटक यौन सम्पर्क गरेको बताएका छन्। किशोर-किशोरी तथा युवामध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेको तथ्यांक सार्वजनिक भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१० र २०११ मा गरेको सर्वेक्षणमा १५ वर्ष नपुग्दै सात प्रतिशत किशोर-किशोरीले यौन सम्पर्क राखेको तथ्य प्रकट भएको थियो। नयाँ एक सर्वेक्षणले ७२ प्रतिशत किशोर-किशोरीले यौनसम्पर्क राख्ने गरेको, २४ प्रतिशतले ब्याइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको तथ्यांक उदांगो पारेको छ। १० देखि २४ वर्ष उमेर समूहका आठ हजार नौ सय ७४ घरधुरीका १४ हजार सात सय ५४ जना किशोर-किशोरीमा गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक आएको हो। यस्तो तथ्यांकले शहरी जीवनमा हुर्किरहेको नयाँ पुस्तालाई सम्बोधन गरेको छ। सेक्स जति सरल भएको छ, त्यति नै सहज पनि। बढ्दो इन्टरनेट प्रयोगलाई यसको प्रमुख कारण मानेका छन्, विश्लेषकहरूले। ...

यौनसम्बन्ध पछी फेरी भर्जिन हुन के गर्नु पर्ला ?

Image
प्रश्न: म २० वर्षकी भएँ । मैले आफ्नो केटासाथीसँग धेरै पटक यौनसम्बन्ध राखेकी थिएँ । अहिले उसले मलाई छोडेको एक वर्ष भयो । मेरो परिवारबाट अर्को केटासँग विवाह गराइँदैछ । म भर्जिन छैन । त्यसैले मैले यौन सम्बन्ध राखेको थाहा हुन नदिन के गर्नुपर्छ ? मेरो भनाइको अर्थ फेरि भर्जिन हुन के गर्नुपर्ला ? – डा. राजेन्द्र भद्रा तपाईंहरू बीच सहमतिमै यौनसम्बन्ध भएको देखिन्छ । यद्यपि सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने भने होइनन् । भाग्यवश तपार्इं अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने स्थितिमा पुग्नुभएन । सम्बन्धको स्थायित्व एउटा महत्वपूर्ण पक्ष हो, तर तपाईंको केटासाथीसँगको सम्बन्धले निरन्तरता पाएन । सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति त आउँछ नै, जुन अहिले तपार्इंले भोग्नुपरिरहेको छ । कौमार्यताको कुरा विशेष गरेर केटीको कौमार्य विकसित मानव सम्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको महत्त्वपूर्ण पक्ष रहेको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि पाइन्छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विश...

निर्वाचनको बीचमा प्रधानमन्त्री नफेरौं : राष्ट्रपति भण्डारी

Image
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बीचमा प्रधानमन्त्री फर्ने कार्य नगर्न संसद्मा प्रतिनिधित्वि गर्ने दलहरूलाई सुझाव दिनुभएको छ ।उहाँले भन्नुभयो, ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा प्रधानमन्त्री बदल्ने कार्य ठीक भएन । एउटै प्रधानमन्त्रीले एकै किसिमको निर्वाचन गर्दा राम्रो हुन्छ ।’ राष्ट्रपति भण्डारीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको सर्वदलीय बैठकमा भन्नुभयो, ‘राष्ट्रिय मुद्दामा दलबीच एकता अपरिहार्य छ । चुनावमा तपाईंहरू दलीय नेतृत्व गर्नुहोस् तर राष्ट्रिय मुद्दामा दल होइन, राष्ट्र र जनता हुनुपर्छ ।’ कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेतामाझ राष्ट्रपतिले भन्नुभयो, ‘दलहरूले राष्ट्रिय मुद्दालाई उच्च प्राथमिकता दिनै पर्छ ।’ राष्ट्...

सरकारले असार१४ गते लाई निर्वाचनको मिति सारेपनि राजपा भने आझै पनि निर्वाचनमा नजाने संकेत फेरी अान्दोलनका नयाँ कार्यक्रम घोषणा

Image
अाज बसेको गठबन्धनको बैठकले मसाल जुलुसदेखि निर्वाचन हुने प्रदेशहरूमा बन्द गर्ने घोषणा गरेको छ। गठबन्धनले अाफ्ना मागहरू पूरा नगरे निर्वाचनमा भाग नलिने र थप अान्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ। रमजानलाई ध्यान दिएर निर्वाचनको मितिम सारिनु सकारात्मक भएको गठबन्धनले विज्ञप्तिमा उल्लेख गरेको छ। अान्दाेलनका कार्यक्रम सार्वजनिक गरिएपनि सरकारलाई दबाब दिन यस्तो गरिएको गठबन्धनका एक नेताले सेतोपाटीलाई बताए। सरकारले अाफूहरूका माग पूरा गर्न प्रयास गरेकाले अान्दोलनमा जान नपर्नेमा अाफू विश्वस्त रहेको उनले बताए।

रञ्जुको फेसबुक खर्च २ लाख, चुनावमा विवेकशीललाई २९ लाख नाफा

Image
रञ्जु दर्शनाको चुनावी अभियानमा विवेकशील पार्टीले पैसाको खोलो बगाएको चर्चा चलिरहेका बेला हामीले विवेकशील पार्टीका अध्यक्ष उज्ज्वल थापालाई सोध्यौं– रञ्जु दर्शनाको चुनाव खर्च कति भयो । थापाले चित्त दुखाएर भने, ‘हामी आफ्नो आम्दानी र खर्चको एक–एक हिसाब वेवसाइटमा राख्छौं, तैपनि हामीमाथि नै यस्तो आशंका गरिन्छ ।’ विवेकशील नेपालीको वेवसाइट लीडनेपाल डटकममा गएर हेर्दा यस पार्टीले पहिलो चरणको स्थानीय चुनावमा ३१ लाख ९९ हजार ५ सय ७१ रुपैयाँ खर्च गरेको रेकर्ड भेटियो । यस्तै पार्टीको चुनावी कोषमा ६१ लाख ६ हजार ९ सय तीस रुपैयाँ २७ पैसा जम्मा भएको वेवसाइटमा उल्लेख छ । यो २०७३ पौष ६ गतेदेखि ३ जेठ, २०७४ सम्ममा विभिन्न दाताहरुबाट प्राप्त भएको सहयोग रकम हो । पार्टीलाई पहिलो चरणको स्थानीय चुनावमा २९ लाख ७ हजार ३ सय ५९ रुपैयाँ २७ पैसा वचत भएको देखिएको छ । यो रकम उसले दोस्रो चरणको चुनावमा प्रयोग गर्ने छ । सो पार्टीले झापा, मोरङ, बारा, कन्चनपुरलगायतका जिल्लाहरुमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । रञ्जु दर्शनाको खर्च विवेकशीलले आफ्नो चुनावी अभियान मेयरकी उम्मेदवार रञ्जु दर्शनामा केन्द्रित गरेको थिय...

गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुन नदिन सर्वाेच्चमा रिट

Image
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुनबाट रोक्न माग गर्र्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रिटमा बिहीबारै सुनुवाइका लागि पेसीसमेत तोकिएको छ । बनेपा निवासी अधिवक्ता विकास गिरीद्वारा पेस भएको उक्त रिट कार्यालय समय सकिनुभन्दा केहीअघि सर्वोच्च प्रशासनमा दर्ता भएको थियो । पराजुलीको एसएलसीको शैक्षिक प्रमाणपत्र र उमेरका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा रिट दर्ता गरिएको छ । पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस रोक्न, संसदीय सुनुवाइ नगर्न र नियुक्ति नदिन गिरीले संवैधानिक परिषद्, सुनुवाइ समिति र राष्ट्रपतिका नाममा अन्तरिम आदेशको माग गरेका छन्। रिटमा साउन २१ गते अवकाश मिति कायम गरी अवकाशको जानकारी दिन न्यायपरिषद्का नाममा परमादेशसमेत माग गरिएको छ । पराजुली ०४८ साल कात्तिक १८ गते पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको हो । जेठ २४ मा प्रधानन्यायाधीश कार्कीले अवकाश लिएपछि पराजुली उनको उत्तराधिकारी बन्ने निश्चित भएका बेला यस्तो रिट आएको हो ।

भारतीय दूतावासबाट बाहिरियो सूचना ! अगस्टदेखि अजयले नयाँ जिम्मेवारी पाउने

Image
लैनचौरस्थित भारतीय दूताबासको डिपुटी चिफ अफ मिसन(डिसिएम) को जिम्मेवारी डा. अजय कुमारले सम्हाल्ने भएका छन् । भारत सरकारको परराष्ट्र मन्त्रालयले उनलाई आगामी अगष्टदेखि डिसिएम बनाउने निर्णय गरिसकेको दूताबास स्रोतले बताएको छ । हाल विनय कुमार दूताबासको डिसिएम छन् । भारतले सहयोग गर्ने जतिपनि आयोजना तथा परियोजना छन्, तिनमा डिसिएमलाई नै निर्णय गर्ने अधिकार रहने हुँदा यो पद महत्वपूर्ण मानिन्छ । राजदूतको अनुपस्थितिमा समेत उक्त पदको जिम्मेवारी डिसिएमले नै सम्हाल्ने चलन छ । विहार घर भएका अजय कुमार हाल भारतीय दूतावासकै काउन्सिलर पुनर्निर्माण र सार्क सचिवालको डाइरेक्टर छन् । पुनर्निर्माण र सार्क सचिवालयमा काम गर्ने क्रमम सफल भएकाले उनलाई भारत सरकारले डिसिएमको जिम्मेवारी दिने निर्णय गरेको दूताबास स्रोतको भनाई छ ।

केरुङबाट फेरि शुरु भयो रक्तचन्दन तस्करी : २० टन रक्तचन्दन चीन पुग्यो

Image
मुलुकमा सबैको ध्यान निर्वाचनमा केन्द्रित भइरहेका बेला केही समयदेखि रोकिएको अवैध रक्तचन्दन तस्करी पुनः शुरु भएको छ । तीनवटै सुरक्षा निकायको मिलेमतोमा रसुवाको केरुङ नाकाबाट व्यापक मात्रामा रक्तचन्दन तस्करी भइरहेको छ । तस्करहरुको समूहले भारतका विभिन्न स्थानबाट नेपाल भित्रने बसहरुमार्फत रक्तचन्दन भित्र्याई तस्करी गर्दै आइरहेका छन् ।विगतदेखि रक्तचन्दन तस्करी गर्दै आइरहेको दोर्जे शेर्पा र नारायण पौडेलको समूहले दुई महिनाको बीचमा मात्र २० टन रक्तचन्दन चीन पठाउन सफल भएको स्रोतको दावी छ । उनीहरुले दिल्लीबाट त्यसरी भित्र्याएको रक्तचन्दन बौद्धमा गोदाम गरी कन्टेरमार्फत केरुङ नाका हुँदै चीन निकासी गर्दै आएका छन् । दिल्लीमा प्रतिकिलो १७ सय भारुमा किनेर चीनमा साढे सात हजार नेपाली मूल्यमा रक्तचन्दन निकासी हुने गरेको छ । चन्दनका मालिकले ६ सय रुपैयाँ भारु क्यारिङ गर्ने समूहलाई दिएपछि उनीहरुले काठमाडौंको बौद्धसम्म सहज रुपमा ल्याउँदै आएको पनि स्रोत बताउँछ । काठमाडौं आइपुगेको उक्त रक्तचन्दन नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनासँगको सेटिङमा शेर्पा र पौडेलको समूह गल्छी–त्रिशूली–रसुवागढी नाका हुँदै ...

भरतपुरमा नष्ट मतपत्र यकिन गर्न आयोगको निर्देशन

Image
निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले च्यातिएका मतको स्पष्ट यकिन विवरण प्राप्त नभएको भन्दै यस्तो निर्देशन दिएको हो ।आयोगद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने बेहोरा उल्लेख भए पनि के कति सङ्ख्यामा मतपत्र नष्ट भएको भन्ने यकिन नभएको उल्लेख गरिएको छ । “गणना भएका तथा गणनाका क्रममा रहेका मतपत्र जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै पोका पारी सिलबन्दी गरिराखेको भन्ने उल्लेख भएकामा सो महानगरमा उम्मेदवारी दिएका उम्मेदवार वा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको रोहबरमा खोली यकिन गरेर प्रतिवेदन पठाउन भनिएको छ”, आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणनाका क्रममा सो वडाको एक हजार ८०९ मत गणना भइसकेपछि उक्त घटना भएको थियो । सो घटना हुनुअघि भरतपुर महानगरका २९ वडामध्ये २७ वटा वडाको मत गणना स...

हतारको निर्णयले ६ अर्बको भार बाेकायाे

Image
स्थानीय तह निर्वाचन सुरक्षाका लागि हतारमा म्यादी प्रहरी भर्ना गर्दा राज्य कोषको करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ। सुरक्षा योजना अनुसार दुई चरणमा निर्वाचन गर्द सुरक्षा संगठनकै जनशक्तिले पुग्थ्यो, म्यादी प्रहरी भर्ना गर्नु पर्दैनथ्यो । एकै चरणमा निर्वाचन गराउने योजनाअनुसार म्यादी प्रहरी भर्ना गरिए पनि त्यस्तो हुन सकेन।एकै चरणमा निर्वाचन गर्दा २ लाख २६ हजार सुरक्षाकर्मी आवश्यक पर्ने गृहको आँकलन थियो। त्यसका लागि ९५ हजार सेनामध्ये ७२ हजार, ७२ हजार प्रहरीमध्ये ६० हजार र ३७ हजार सशस्त्रमध्ये ३० हजार चुनाव सुरक्षामा परिचालन हुन सक्थे। राष्ट्रिय अनुसन्धान विधागको २७ सय जनशक्ति जोड्दा ७५ हजार जनशक्ति अपुग हुने भन्दै सोही रणनीतिअनुसार ५५ दिनका लागि चैत १० बाट म्यादी प्रहरी भर्ना सुरू भयो। १५ दिनको तालिम सकेर सबै म्यादी प्रहरी चुनावी सुरक्षामा खटिन तयार भएका थिए। यता तत्कालिन मधेसी मोर्चालाई मनाउन सरकारले वैशाख १० मा २ चरणमा निर्वाचन गर्ने निर्णय गर्‍यो। जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयअनुसार गृहले म्यादी प्रहरीको सेवा अवधि ५५ दिनबाट ७५ दिन पुर्याएको थियो ।असार १४ गते निर...

यस्तो भए पछी दुर्घटना हुदैन त ? विमान दुर्घटना बारे क्याप्टेन विजय लामा यसो भन्छन (भिडियो सहित)

Image
चर्चित नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामा उड्यन क्षेत्रका एक सेलिब्रिटी हुन्। उनको चर्चा उडानमा मात्रै सिमित छैन। अभिनय कला, व्यक्तित्व र वाक पटुता पनि उस्तै लोभलाग्दो छ। राष्ट्रिय मुद्दाहरूमा उनी जुनसुकै स्टेजमा मन जित्ने शैलीमा प्रस्तुत हुन्छ। क्याप्टेन लामाको ‘जय चन्द्र सुर्य’ नारा जस्तै बनेको छ, जुन राष्ट्रिय ध्वजावाहाक नेपाल एयरलाइन्सको जहाजको सम्मानमा उनी जहाँ पनि प्रयोगमा ल्याउँछन्। लामाले आफ्नो फेसबुकमा त्यही ‘जय चन्द्र सुर्य’ को नारा उल्लेख गर्दै गाैरवको क्षण शेयर गरेका छन्। विमान दुर्घटना बारे क्यापटेन विजय लामा यसो भन्छन :

आजको राशिफल – बि.स.२०७४ जेष्ठ १८ गते । बिहिबार । ईश्वी सन् २०१७ जुन १ तारिख ।

Image
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्...

आफ्नै साथीको लोग्ने सँगको त्यो ......पढ्नुहोस !

Image
सुनिल सङ्गम आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ। पहिले त अफिस भने पछि वाक्कदिक्क लाग्थ्यो। कहिले छुट्टी लिउँ ! कहिले बिदा पर्ला ! कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो , कुनै दिन पनि बिदा नपरे हुन्थियो, हरेक दिन अफिस खुलोस र हरेक समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो ! लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ-बसिरहुँ त्यो कुर्सीमा बसे पछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस। अचेल घरमा पनि आमाले खाना बनाउनु हुन्न। म आफै बनाउँछु किनकी 5-10 मिनेट भए पनि छिटो गरूँ र अफिस पुगुँ अनि त्यो रिसेप्सनको कुर्सीमा थचक्क बसेर आनन्दको श्वास फेरुँ। आमा पनि अचेल मेरो जाँगर र परिबर्तन देखेर चकित हुनु भएको हुनु पर्छ किन कि पहिले-पहिले केही काम नगरी अफिस जा...

पाँच घण्टा लामो युद्धपछि सर्पले निल्यो गोही (भिडियो)

Image
Here in the video we can see a very rare moment when a giant snake and crocodile had a fight. The two strong animals had a tough time to fight hard so that they can win the battle. The battle is about their pride as well and it is about their life. The one animal who will win the battle will eat the one who will lose the battle. This is also the rule of nature; the one who is strong is always going to suppress the one who is weak. Though both of the animals are no less than anyone in strength but this time crocodile seems to have a hard time. The poor animal had a bad luck since the snake had already made the plan of eating crocodile today. The animals' fought for almost five hours and at last the poor crocodile could not continue and ultimately became the lunch of the giant snake. The incident took place s at Lake Moondarra in Queensland, Australia

नेपाल आइडलकी होस्ट रिमा भन्छिन् - राम्रो गाउँदैमा मात्र नेपाल आइडल बनाउन मिल्दैन (भिडियो)

Image
Here is an exclusive interview with Reema Bishowkarma. The talented actress has proved that she is versatile. She has also done a job of a host, VJ, model and many more. Currently the actress is busy hosting the first franchise of Nepal Idol. Nepal Idol is a singing reality show which is on aired by the AP1 Television. It is an international Pop Idol franchise that came in Nepal for the first time. The show is judged three judges, Indira Joshi, Kali Prasad Devkota and Nhhyoo Bajracharya. Since the show is getting popular and is also being criticize. The judges of the show are being criticized for not being fair. It is said that they are not giving a fair judgment. When Reema was asked about this, she told that the judges know their job and they are doing it the right way. They do not see just singing in a contestant.

फेरी अर्को प्लेन दुर्घटना भयो बाजुरामा सेनाको प्लेन दुर्घटना हुदा कर्नेल कैलाश गुरुङको निधन

Image
फेरी अर्को प्लेन दुर्घटना भयो बाजुरामा सेनाको प्लेन दुर्घटना हुदा कर्नेल कैलाश गुरुङको निधन

भरतपुर मत परिणाममा एक चोटी तथ्यहरलाई दाजेर हेरम त !!!!!

Image
एउटा तथ्य कुरा के हो भने, भरतपुर महानगरपालिकाको वडा नः २१ बाट एमालेका देवी ज्ञवालीको लिड ७८४ रहेको थियो । यो लिड महानगरको वडा नः १९ मा गणना गर्दा ३ सयदेखि ४ सय सम्म झर्ने अनुमान थियो कांग्रेस र माओवादीको । तर त्यहाँका जनताले देवी ज्ञवालीलाई धेरै माइनस गराउन चाहेनन् । वडा नः १९ को पहिलो ६०० मा २०, दोस्रो ६०० मा ९ र तेस्रो ६०० मा २२ मत गरी कुल १८०० को गणनामा ५१ मत माइनस भए देवी ज्ञवाली । यो रेर्कड निर्वाचन आयोगसँग सुरक्षित छ । त्यसपछिको ६ सय गणनासम्म कुल ८० मत माइनस भएको गणकहरुले बताएका छन् । बाँकी गणना गर्न मत जम्मा ४६७ मत थियो । यो सबै गर्दा म्याक्सिमम् १२० भन्दा बढि देवीको खाताबाट मत घट्ने देखिएन । यसो हुँदा अन्तिम वडा नः २० मा जाँदा देवीको अग्रता ६६४ भन्दा बढि नै कायम हुने देखियो । जुन माकेनेकाका लागि अप्रत्यासित थियो । कांग्रेसले माओवादीलाई वडा नः १९ बाट ५ सयदेखि ६ सयसम्म माइनस हुने आश्वासन दिएर डाढस दिएका थिए । वडा नः २० मा ३३०२ मत खसेको छ । यहाँ ३ वटा बुथ थिए ,दद्रेनी, सिमलटाँडी र भिमोदय बुथ । ३ मध्ये दद्रेनी र सिमलटाँडी बुथमा एमाले अघि थियो भने भिमोदयमा कांग्रेस । ३ वटा बुथमा ...

बाजुरामा सेनाको जहाज दुर्घटना, क्याप्टेनको घटनास्थलमै मृत्यु [भिडियोसहित]

Image
जेष्ठ १६, २०७४- हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी कैलाश गुरूङको घटनास्थलमै मृत्यु भएको छ । आर्मी ४८ कलसाइन भएको यो सैनिक विमानकी सहचालक सहसेनानी अनिता आले र स्टेवार्ड पुर्ण बहादुर खड्का गम्भीर घाइते भएका छन् । कोल्टीस्थित सिता एयरलाइन्सका स्टेशन म्यानेजर मनराज थापाका अनुसार, गम्भीर घाइते कोपाइलट अनिता आले बोल्न नसक्ने अवस्थामा छिन भने पूर्णबहादुर खड्काको हात भाचिएको र टाउकोमा चोट लागेको छ । खड्का बोल्न सक्ने अवस्थामा छन् । यी बिरामीको उडानमा उपचार गर्न सरकारी चिकित्सक रुपचन्द्र विश्वकर्माले पुष्टि गरेका छन् । उनीहरुलाई सीताकै विमानबाट नेपालगन्ज पुर्‍याइएको हो । मृतक क्याप्टेनसहित दुबै घाइतेलाई सिता एयरलाइन्सको डोर्नियर विमानले दिउसो १ बजेर २२ मिनेटमा नेपालगंज ल्याएको छ । थापाका अनुसार, मंगलबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट सेनाको स्काई ट्रक तथा नेपालगंजबाट गोमा एयरलाइन्सको लेट विमान र सिता एयरलाइन्सको डोर्नियर विमान मौशम खराबीका कारण डाइभर्ट भएका थिए ।  यीमध्ये गोमा सिमकोट...

जथाभावी बाटो काट्दै हुनुहुन्छ भने होसियार ! दुई सय तिर्नुपर्ला

Image
काठमाडौँ । यदि तपाई पैदल हिँड्दा सडकको फुटटपाथ छोडेर हिँड्नुहुन्छ र जथाभावी बाटो काट्ने गर्नुहुन्छ भने होसियार, तपाई ट्राफिक प्रहरीको फन्दामा पर्नसक्नु हुन्छ ।  ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि उपत्यकामा पैदल यात्रु सुरक्षा अभियान सञ्चालन गरेको छ । जेब्रा क्रसिङ, आकाशे पुल, सब(वेको प्रयोग नगरी जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले दुई सय रुपैँया जरिवाना लिन थालेको छ । तर पैसा नभएको खण्डमा तीन घण्टासम्म प्रहरी नियन्त्रणमा रही आधा घण्टा प्रशिक्षण लिनुपर्ने हुन्छ । मंगलबार राजधानीका सडकमा धेरै पैदल यात्रु ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । विहान ८ बजेबाट सुरु गरेको यो अभियानमा ४ घण्टाका बीचमा झण्डै १४ सय जना पैदलयात्रु कारवाहीमा परिसकेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  हरेक वर्ष सडक दुर्घटनामा ४२ प्रतिशत पैदलयात्रीको मृत्यु हुँदै आएको र गत वर्ष एक सय ६६ जनाको सडक दुर्घटनामा मृत्यु भएको तथ्यांक रहको छ । त्यसमध्ये ६९ जना पैदलयात्रीको मृत्यु भएको थियो। सवारी तथा यातायात व्यवस्था एेन २०४९ को दफा १३६ र १३७ अनुसार यस्तो कारवाही सुरु गरेको हो । यस्तो छ ऐन : १३६...

अवतरण गर्नेक्रममा बाजुरामा सेनाको जहाज दुर्घटना

Image
जेष्ठ १६, २०७४- नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ । कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो ।  काठमाडौैस्थित हवाई निर्देशनालय स्रोतका अनुसार पाइलट कैलाश गुरुङ गम्भीर घाइते छन् । उनको बाजुरा अस्पतालमा उपचार भइरहेको छ । काे-पाइलट र अर्का एकजनालाई पहिल्यै उद्धार गरिएको छ ।

बजेटमा परराष्ट्र मामिलाः यस्तो रहने भयो चीन र भारतसँग सम्बन्ध

Image
सरकारले दुई छिमेकी चीन र भारतसँग समदूरीको सम्बन्ध कायम गर्ने उल्लेख गर्दै दुवै छिमेकीको आर्थिक विकासबाट लाभ लिन सक्ने नीति अख्तियार गरिने जनाएको छ ।अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार घोषणा गरेको आव ०७४/७५ को बजेटमा छिमेक सम्बन्ध महत्वसाथ उल्लेख गरिएको छ ।दुवै छिमेकीले गरेको आर्थिक विकासबाट लाभ लिने नीति सरकारले लिएको बजेटमा उल्लेख छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चीनसँग रेल, सडक, पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउने गरी एक महिनाअघि ‘बेल्ट एन्ड रोड’ अवधारणामा हस्ताक्षर गरेको थियो । त्यस्तै, भारतसँग पनि रेल, सडकलगायत कनेक्टिभिटी परियोजनालाई गति दिने गठबन्धन सरकारको धारणा आएको छ । गठबन्धन सरकारले दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्ने उल्लेख गरेको छ ।वर्तमान सत्ता गठनबन्धन कायमै रहने हुँदा अब गठन हुने सरकारले परराष्ट्र सम्बन्ध सञ्चालनमा अहिलेकै सरकारले अघि बढाएको नीति लिनेमा विश्वस्त रहेको सरकारी अधिकारीले बताए । मुलुकको आर्थिक विकासका लागि यस्तो नीति बनाउन लागिएको उल्लेख छ । सरकारले विभिन्न मुलुकसँग व्यापार, लगानी, पर्यटन, श्रम, वातावरण र प्रविधि क्ष...

रुसमा आँधीमा परी ११ जनाको मृत्यु, बंगलादेशमा शक्तिशाली आँधीको खतरा

Image
आँधीमा परेर ५० जनाभन्दा बढी घाइते भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।भीषण आँधीका कारण सयौं मानिस प्रभावित भएका छन् भने कयौं घरमा क्षति पुगेको छ ।शक्तिशाली आँधीले ठाउँठाउँका बिजुलीका पोल तथा रुख ढालेकाले विद्युत् अवरुद्ध हुनुका साथै यातायात सेवासमेत प्रभावित भएको छ ।प्रतिघण्टा १ सय ११ किलोमिटरका दरले आएको आँधी अझै केही दिनसम्म जारी रहने मौसमविद्हरुले बताएका छन् ।आँधी प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।बंगलादेश सरकारले शक्तिशाली आँधी आउन सक्ने भन्दै १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रयास शुरु गरेको छ । बंगलादेशको पूर्वी तटबाट मोरा नामको आँधी आउने सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको छ ।आँधीको प्रभाव पर्न सक्ने ठाउँका विद्यालय र सरकारी कार्यालयलाई सेल्टर बनाइएको छ भने सतर्कताका लागि माइकिङ पनि भइरहेको बंगलादेशका अधिकारीले बताएका छन् ।यसअघि श्रीलंकामा आएको आँधीका कारण १ सय ८० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

हडर्सफिल्ड टाउन प्रिमियर डिभिजनमा बढुवा, रिडिङ टाई ब्रेकरमा पराजित

Image
दोस्रो श्रेणीको च्याम्पियनसीप प्ले अफ् अन्तर्गत सोमबार राति भएको फाइनलमा रिडिङलाई टाई ब्रेकरमा हराउँदै हडर्सफिल्ड टाउन पहिलो पटक प्रिमियर डिभिजनमा उक्लिएको हो ।रिडिङ विरुद्धको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित भएपछि खेल टाई ब्रेकरमा पुग्यो । टाई ब्रेकरमा हडर्सफिल्ड टाउन ४-३ ले विजयी भयो ।सन् १९७२ मा स्थापना भएको उत्तरी इङ्ल्यान्डको हडर्सफिल्ड टाउन यो सिजनको च्याम्पियनसिपमा पाँचौ हुँदै प्ले अफ्का लागि छानिएको थियो ।च्याम्पियनसिपमा शीर्ष दुई स्थानमा रहँदै न्युकासल युनाईटेड र ब्राईटन यसअघि नै प्रिमियर डिभिजनमा उक्लिसकेका छन् ।

सर्वोच्चको फैसलाविरुद्ध सरकारले ‘भ्याकेट’ हाल्ने

Image
सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावका सम्बन्धमा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणाले गरेको आदेश रद्द गर्न माग गर्दै सर्वोच्चमा ‘भ्याकेट’ हाल्ने भएको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यसअघि न्यायाधीश राणाको इजलासले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव अघि बढाउन रोक लगाएको अन्तरिम आदेश संविधानविपरीत भएको भन्दै भ्याकेट हाल्ने निर्णय गरेको हो। सरकारले राणाले गरेको फैसला रद्द गर्ने मागसहित सर्वोच्चमा निवेदन पेस गर्नेछ। ‘प्रधानन्यायाधीशको महाभियोगसम्बन्धी सर्वोच्चको पछिल्लो फैसलामा सरकारले भ्याकेट हाल्ने निर्णय गरेको छ’, मन्त्रिपरिषद् बैठकपछि स्वास्थ्यमन्त्री गगन थापाले भने। न्यायाधीश राणाको फैसलाले महाभियोग प्रस्तावसँगै निलम्बनमा पर्नुभएकी प्रधानन्यायाधीश कार्कीलाई पदमा फर्काएको थियो। संविधानअनुसार संसद्को गतिविधिमा सर्वोच्चले छलफल गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै फैसलामा संसद्को अधिकार मिच्ने गरी आदेश भएको भन्दै भ्याकेट हाल्ने निर्णयमा सरकार पुगेको हो। न्यायाधीश राणाको फैसलाले संविधान र कुनै पनि ...

सिंहदरबार पनि अब स्थानीय तहमा

Image
चालू आर्थिक वर्षको बजेटले संविधानमा उल्लेख भएका स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्न ठूलो मात्रामा स्रोत साधन विनियोजन गरेको छ ।भर्खरै स्थानीय तहको पुनः संरचना भई स्थानीय तहका ७४४ एकाइ बनेको र तीमध्ये २८३ एकाइमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार लिइसकेको तथा बाँकी ४६१ एकाइ पनि आगामी दुई सातामा जनप्रतिनिधि आइसक्ने सुनिश्चित भइसकेको अवस्थामा बजेटले स्थानीय तहलाई साधन र स्रोत सम्पन्न बनाएको छ । यस हिसाबमा सोमबार प्रस्तुत भएको बजेट सङ्घीयता कार्यान्वयनको कोशेढुङ्गा बनेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा स्थानीय तहका लागि कुल दुई खर्ब २५ अर्ब पाँच करोड ४५ लाख ९१ हजार रुपियाँ स्थानीय तहबाट खर्च हुने व्यवस्था गरेको छ ।यसमा एक खर्ब ४८ अर्ब ६३ करोड ९८ लाख ३३ हजार समानीकरण अनुदान र ७६ अर्ब ४१ करोड ४७ लाख ५८ हजार रुपियाँ सःशर्त रहेको छ । स्थानीय जाने यो रकम कुल बजेटको १७.६ प्रतिशत हो । बजेटले आ।व। २०७४/७५ का लागि कुल १२ अर्ब ७८ खर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपियाँ खर्च अनुमान गरेको छ । संविधानले स्थानीय तहलाई सेवा ...

बजेटबाट ८० हजार सरकारी कर्मचारी हिस्स : तलब बढेन

Image
नयाँ बजेटमा कर्मचारीको तलबभत्ता केही वृद्धि हुने आशा बोकेर बसेका कर्मचारी बजेट भाषणपछि हिस्स परेका छन् । सङ्घीयता कार्यान्वयनमा कर्मचारी व्यवस्थापनको विषय निकै चुनौतीपूर्ण भइरहेको अवस्थामा कर्मचारीलाई स्थानीय निकायमा जान प्रोत्साहित गर्नकै लागि भए पनि सरकारले बजेटमार्फत आफ्ना माग सम्बोधन गर्ने आशा कर्मचारीले गरेका थिए । तर, सरकारले घुमाउरो पारामा तलबभत्ता पुनरावलोकन आयोग गठन गरेर उसको सिफारिसका आधारमा तलब वृद्धि गर्ने आश्वासन दिएकोप्रति कर्मचारीले असन्तुष्टि जनाएका छन् । बजेटमा सरकारले राष्ट्रसेवकको तलबभत्ता र सुविधामा पुनरावलोकन गरी उपयुक्त सुझाव सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा सुझाव आयोग गठन गर्ने भनेको छ । “यो हामीलाई झुक्याउने पारा मात्र हो”, आधिकारिक ट्रेड युुनियनका अध्यक्ष पुण्य ढकालले भन्नुभयो, “यसअघि पनि यस्ता समिति बनेका थिए तर कुनै समितिको सिफारिस पनि सरकारले कार्यान्वयन गरेन । अब बन्ने समितिको सिफारिस कार्यान्वयन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने ?” उहाँले सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो कर्मचारी समायोजन भएको बताउँदै यस्तो अवस्थामा कर्मचारीमा उत्प्रे...

सहिदकी आमा गाउँपालिका अध्यक्षको उम्मेद्वार

Image
संघीय समाजवादी फोरम नेपालले दोस्रो चरणको निर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै सिरहाका गाउँगाउँमा चुनावी माहोल बढेको छ । स्थानीय निर्वाचनको विरोध गर्दै आइरहेको संघीय समाजवादी फोरमका नेता–कार्यकर्ता नै प्रचार–प्रसारमा जुटेपछि चुनावी माहोल बढेको हो ।०६३ सालमा सिरहाको लहानबाट सुरु भएको मधेस आन्दोलनमा सहिद भएका रमेश महतोकी आमा रानीदेवी महतो स्थानीय निर्वाचनमा उम्मेद्वार बन्ने भएकी छन् । उनलाई संघीय समाजवादी फोरमले नवराजपुर गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको फोरमका युवानेता दीपेश यादवले बताए । सिरहामा सात नगरपालिका र १० गाउँपालिका छन् । पूर्व–पश्चिम लोकमार्गको लहान बजारभन्दा करिब १२ किलोमिटर दक्षिण भेगमा रहेको मझौराकी रानोदेवी महतोका १९ वर्षीय छोरा रमेशको ५ माघ ०६३ मा सिरहाको लहानमा मधेस आन्दोलनको क्रममा मृत्यु भएको थियो । उनलाई मधेस आन्दोलनको पहिलो सहिद मानिन्छ ।

आत्महत्या गर्न हिँडेकी महिलाकाे बाटाेमै बिवाह : त्यसपछि के भयाे ?

Image
एक युवती आत्महत्या गर्नका लागि घरबाट निस्किन्छिन् । बाटोमा उनले एक युवकलाई भेटेर आफ्नो उद्देश्य परिवर्तन गर्छिन् र तिनैसँग बिहे गर्छिन् । यस्तो घटना त प्रायः फिल्ममा देखिन्छ । तर यो वास्तविक जीवनमा भएको छ । भारतको बिहार राज्यको नवादा जिल्लाको शाहपुर गाउँमा यो घटना भएको हो ।त्यहाँकी पिंकी नामक युवतीलाई उसका ससुरालीका मानिसले अत्याचार गर्ने गर्थे । दिनदिनै उनलाई कुटपिट गरेर उनीहरू उनलाई पागल घोषित गर्ने सूरमा थिए । पिंकीले दिनहुँको अत्याचार सहन नसकेर आत्महत्या गर्ने फैसला गरिन् र घरबाट निस्किन् । ट्रेनमुनि सुतेर मरिदिन्छु भनी उनले निश्चय गरिन् । तर बाटोमा उनले नजिकैको गाउँका अखिलेश माझीलाई भेटिन् । अखिलेशले पिंकीको हाउभाउ र कुराकानीबाट आत्महत्याको सुइँको पाएका थिए । त्यसपछि उनले पिंकीलाई खुबै सम्झाए र आफ्नो घर लगे । यता पिंकीका ससुराली र माइती दुवैले उनी हराएको खबर प्रहरीलाई लिए ।केही दिनपछि पो थाहा भयो पिंकी त बकडझोली भन्ने ठाउँमा कसैसँग बसिरहेकी रहिछन् । उनी अखिलेशसँग बिहे गरेर बसेकी थिइन् । अखिलेशका पिता तथा पूरा परिवारले पिंकीलाई बुहारीका रूपमा स्वीकार गरेका रहेछन् । गाउँलेहरू...

आजको राशिफल – वि.सं. २०७४ साल जेठ १६ गते। मंगलबार। इश्वी सन् २०१७ मे ३० तारिख।

Image
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ  बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) सिर्जनात्मक कौशल तथा लेखन शैलीमा निखारता आउनेछ। तर अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अल्छीपनाले पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर...