सरकारले असार१४ गते लाई निर्वाचनको मिति सारेपनि राजपा भने आझै पनि निर्वाचनमा नजाने संकेत फेरी अान्दोलनका नयाँ कार्यक्रम घोषणा
अाज बसेको गठबन्धनको बैठकले मसाल जुलुसदेखि निर्वाचन हुने प्रदेशहरूमा बन्द गर्ने घोषणा गरेको छ। गठबन्धनले अाफ्ना मागहरू पूरा नगरे निर्वाचनमा भाग नलिने र थप अान्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।
रमजानलाई ध्यान दिएर निर्वाचनको मितिम सारिनु सकारात्मक भएको गठबन्धनले विज्ञप्तिमा उल्लेख गरेको छ। अान्दाेलनका कार्यक्रम सार्वजनिक गरिएपनि सरकारलाई दबाब दिन यस्तो गरिएको गठबन्धनका एक नेताले सेतोपाटीलाई बताए।
सरकारले अाफूहरूका माग पूरा गर्न प्रयास गरेकाले अान्दोलनमा जान नपर्नेमा अाफू विश्वस्त रहेको उनले बताए।
Comments
Post a Comment