सहिदकी आमा गाउँपालिका अध्यक्षको उम्मेद्वार
संघीय समाजवादी फोरम नेपालले दोस्रो चरणको निर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै सिरहाका गाउँगाउँमा चुनावी माहोल बढेको छ । स्थानीय निर्वाचनको विरोध गर्दै आइरहेको संघीय समाजवादी फोरमका नेता–कार्यकर्ता नै प्रचार–प्रसारमा जुटेपछि चुनावी माहोल बढेको हो ।०६३ सालमा सिरहाको लहानबाट सुरु भएको मधेस आन्दोलनमा सहिद भएका रमेश महतोकी आमा रानीदेवी महतो स्थानीय निर्वाचनमा उम्मेद्वार बन्ने भएकी छन् । उनलाई संघीय समाजवादी फोरमले नवराजपुर गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको फोरमका युवानेता दीपेश यादवले बताए ।
सिरहामा सात नगरपालिका र १० गाउँपालिका छन् । पूर्व–पश्चिम लोकमार्गको लहान बजारभन्दा करिब १२ किलोमिटर दक्षिण भेगमा रहेको मझौराकी रानोदेवी महतोका १९ वर्षीय छोरा रमेशको ५ माघ ०६३ मा सिरहाको लहानमा मधेस आन्दोलनको क्रममा मृत्यु भएको थियो । उनलाई मधेस आन्दोलनको पहिलो सहिद मानिन्छ ।
Comments
Post a Comment