अवतरण गर्नेक्रममा बाजुरामा सेनाको जहाज दुर्घटना
जेष्ठ १६, २०७४- नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ । कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो ।
काठमाडौैस्थित हवाई निर्देशनालय स्रोतका अनुसार पाइलट कैलाश गुरुङ गम्भीर घाइते छन् । उनको बाजुरा अस्पतालमा उपचार भइरहेको छ । काे-पाइलट र अर्का एकजनालाई पहिल्यै उद्धार गरिएको छ ।
Comments
Post a Comment