यो भिडियो हेरेपछि कसको आँशु रोकिएला र ? ११ बर्षिय बालकले गुमाए सर्बश्व – नरहे बाआमा, न रह्यो घर(भिडियो सहित)
इटहरी – भदौ – २, एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन्। दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन्। भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरू बेसहारा छन्।
एक्कासि राति गाउँमा बाढी पसेपछि अरू बगे, निशान र कमला घर नजिकको रूख समातेर बच्न सफल भए। घर, बाआमा र भाइलाई बूढीखोलाबाट आएको बाढीले बगाएपछि उनीहरूको न बस्ने घर रह्यो, न अभिभावक नै। हाल उनीहरू सानीआमा सीतासन्ध्या राईको घर इटहरीमा छन्।
Comments
Post a Comment