२० महिलाको चुल्ठो काटिएपछि स्थानीय त्रासमा,के हो बास्तबिकता ? किन बेहोस हुदै ढल्दै चुल्ठो काटिन्छ युवतीहरुको
वीरगञ्ज, ५ भदौ । भारतको राजस्थान, उत्तर प्रदेश, बिहार हुँदै नेपालमा भित्रिएको महिलाको चोटी (कपालको चुल्ठो काट्ने) घटनाले पर्सा र बाराका महिला र युवतीमा त्रासमा छन् ।
साउन २९ गतेदेखि भदौ ३ गतेसम्म पर्सा र बारामा गरी २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आइसकेको छ ।साउन २९ गते एक, साउन ३२ गते एक, भदौ १ गते ६, भदौ २ गते सात र भदौ ३ गते पाँच गरी एक सातामा २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।
वीरगन्ज महानगरपालिका १६ नगवाकी ३० वर्षीया महिला बगडी चमारिन् साउन २९ गते चुल्ठो काटिएर बेहोस भएर नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएपछि पर्सामा पहिलो पटक चुल्ठो काटिएको घटना सार्वजनिक भएको थियो ।
त्यसयता दैनिक पर्सा र बारामा महिला र युवतीको चुल्ठो काटिएको घटना सार्वजनिक हुँदै आएको छ । भदौ ३ गतेसम्म सार्वजनिक भएका २० घटना मध्येका अधिकांश पीडित महिलाले आफ्नो टाउँकोको पछाडि पट्टीको भागमा कुनै अज्ञात जीवले झट्का दिएपछि बेहोश भएको र अस्पतालमा पुर्याइएपछि होशमा आउँदा चुल्ठो काटिएको अवस्था भेटिएको बताएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए ।
केहीपीडित महिलाले भने अचानक अपरिचित मानिसको चित्र जस्तो देखिएको र उसले टाउँकोमा प्रहार गरेपछि बेहोश भएको र होशमा आउँदा कपाल काटिएको अवस्थामा भेटिएको बताएको गिरीले जानकारी दिए ।
अहिलेसम्म सार्वजनिक भएका २० घटनामा १४ देखि ३५ वर्षसम्मका युवती र महिला पीडित छन् । प्रहरी उपरीक्षक गिरीले २० मध्ये आठ महिलाको चुल्ठो रातको समयमा र बाँकी १२ महिलाको दिउँसो चुल्ठो काटिएको बताए ।
प्रहरीको अनुसन्धानमा पीडित महिलाको बयान उद्धृत गर्दै उपरीक्षक गिरीले भने, ‘टाउकोमा भेम किरा जस्तै आएर बस्यो, म बेहोस भएँ, त्यसपछि के भया भन्ने मलाई थाहा भएन ।’
भारतको राजस्थान सरकारले जारी गरेको सूचना अनुसार मैकी नामको किराले टाउकोमा टोकेर गन्ध छोडेपछि महिला बेहोस हुने र त्यही किराले कपाल काट्ने गरेको छ । तर, नेपाल प्रहरीले भने यस विषयमा अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक गिरीले बताए ।
‘चुल्ठो काट्ने किराको पर्सा प्रहरीले खोजी गरिरहेको छ,’ उनले भने, ‘भेटिएपछि अवश्य देखाउँछौ । शारीरिक कमजोरीको कारण पनि मान्छे बोहोस हुने, मुर्छा पर्ने जस्ता घटना हुनसक्छ’, उनले भने, ‘बेहोस हुने बितिकै चुल्ठो नै काटिएको हो भन्न सक्ने अवस्था छैन ।’
Comments
Post a Comment