जग्गा प्लटिङमा लगाएको रोक खुल्ने सम्भावना,साथै जग्गाको मूल्य आकाशिने संकेत
काठमाडौं, २ भदौ | मनपरी जथाभावी खेतीयोग्य जमिनहरु प्लटिङमा रोक लगाएको भूमिसुधार तथा व्यवस्था मन्त्रालयलको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सर्बोच्च अदालतका प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीको एकल इजलाशले अदालतमा परेको रिटमाथि टुंगो नलाग्दासम्म जग्गा प्लटिङ रोक लगाउने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
कृषिप्रधान देशमा खेतियोज्य जमिन दिनप्रतिदिन यसरी घर जग्गा कारोबार भन्दै जमिन धमाधन प्लटिङ गर्दै जाने हो भने भविष्यमा देशमा चरम खाध संकट हुन सक्ने अवस्था आउछ त्यसैले उक्त संकटको समाधान अहिले देखि नै गर्नु पर्छ भन्दै अथवा त्यस्तो संकट आउन नदिन भूमि सुधार तथा व्यवस्था मन्त्रालयले देशका कुनै पनि भूभागका कृषियोग्य जमिनमा घर-घडेरीको लागि जग्गा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको थियो ।
यो निर्णयसंगै अब जग्गाको मुक्य पनि बढ्ने सम्भावना छ | सरकारले जमिन जथाभावी प्लाटिङ गर्न रोक लगाउने पक्का जस्तै भएको छ | त्यसैले अदालतमा यस मुद्धाको टुङ्गो नलाग्दा सम्म धेरैले चलखेल हुन सक्ने अवस्था पनि रहेको छ।
मन्त्रालयले गरेको उक्त निर्णयको आपत्ति जनाउदै अधिवक्ता जगदिश आचार्यले मन्त्रालयले गरेको व्यवस्थाले संवैधानिक अधिकारको हनन भएको भन्दै यसलाई खारेज गर्न माग राख्दै सर्बोच्चमा रिट दायर गरेको थिए । सर्बोच्चले दिएको अन्तरिम आदेश अनुसार मन्त्रालयको जथाभावी प्लटिङ रोक्ने निर्णय अर्को आदेश नआएसम्म कार्यान्वयनमा आउने छैन ।
Comments
Post a Comment