कमेडी गर्नेहरु देश बनाउदै उद्दारमा खटिएका छन ! देश हाँक्नेहरु कमेडी गर्दैछन, सबैको माझमा पुर्याउनको लागी सेयर गरौं । भिडियो सहित ।
तराई क्षेत्रमा बाढी र डुबानले विपत्ति निम्तिएको खवर पाउने वित्तिकै राहतका पोका बोकेर डुबानमा परेका जनताको उद्धारमा समाजसेवी तथा हास्याकलाकर सीताराम कट्टेल धुर्मुस राजधानीबाट तराई तिर झरे ।
डुबानमा परेका जनताको उद्धारमा सरकारलार्इ मौसमको खराबीले छेकेका बेला धुर्मुस भने अनेक कठिनार्इ छिचोल्दै सिधै महोत्तरीको बर्दिबास पुगे ।त्यहाँका मुसहरसहित डुबानमा परेका विपन्न परिवारको उद्धार र राहतमा खटिएका उनी सोमबार सप्तरी पुगे । दिनभरी उद्धारमा खटिएपछि उनले हिजो राति सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेका छन् ।
ती तस्बिरले इच्छा र चहाना भएमा मानवीय सेवा गर्न प्रकृतिले पनि छेक्दैन भन्ने देख्न सकिन्छ ।
तस्बिरमा उनी आफू पनि अर्धनग्न अवस्थामा डुबान भएको ठाउँमा उनको कम्मर भन्दा माथि पानी छ । अनि उनले बोकेका छन् साना बालक, जसलार्इ उद्धार गरेर उनी सुरक्षित स्थानमा लाँदैछन् ।
न खाने गाँस छ न त बस्ने बास छ । सम्पत्तिको नाउँमा शरीरमा एक सरो लुगा बाहेक केही बाँकी छैन, केही तस्बिरसहित सामाजिक सञ्जला फेसबुकमा उनले लेखेका छन्, निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको कथा बेथा हो यो ।
Comments
Post a Comment