संविधान संशोधन विधेयक फेल, यस्तो छ विस्तृत विवरण (भिडियो सहित)
काठमाडौं, ५ भदौ । व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक फेल भएको छ । भर्खरै सम्पन्न भोटिङमा दुई तिहाई बहुमत नपुगेपछि प्रस्ताव अस्वीकृत (फेल) भएको हो ।संसद सचिवालयका अनुसार विधेयकको पक्षमा ३४७ मत र विपक्षमा २०६ खसेको थियो । संसदमा ५५३ सांसद उपस्थित थिए ।
संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा लगायत विपक्षी दलले विधेयकलाई फेल गराएका हुन् ।
राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न र तराई मधेसमा निर्वाचनको वातावरण बनाउन भन्दै सरकारले संशोधन विधेयक संसदमा प्रस्तुत गरेको थियो ।
संशोधनको पक्षमा सत्तारूढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतले मत दिएका थिए भने नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विपक्षमा मत दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नेकपा (माले)ले मतदानमा भाग लिएनन् । राजपाले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन पूर्व संविधान संशोधन हुनुपर्ने माग गर्दै आएको सन्दर्भमा सो प्रस्तावमा आज मतदान भएको हो ।
Comments
Post a Comment