बाबा रामरहिमले प्राइभेट गुफामा मलाइ एक्लै बोलाएर मेरो बलात्कार गरे - बलात्कृत युवती (भिडियो सहित)
एजेन्सी, १२ भदौ । भारतका धर्मगुरु गुरमीत रामरहीम सिंहलाई बलात्कार अभियोगमा २० वर्षको जेल सजाय भएको छ । उनको गिरफ्तार भए संगै उनको धेरै रहस्यहरु विश्व सामु खुल्दै गइरहेको छ ।
एक पछि अर्को भैइरहेको खुलासाले पुरा देशमै खलबल मच्चाइरहेको छ भने बाबा राम रहीम अहिले सम्म कति युवतिहरुको साथमा कुकर्म गरेका थिए त्यो गुफा भित्रबाट सबैलाई अचम्ममा पार्ने तथ्यहरु फेला परेको छ ।
२००२ मा बलात्कार मुद्दा दायर भएको मुद्दाको फैसला गर्दै अदालतले सजायको सुनुवाई गरेको हो | १९९२ मा दुई महिलालाई बलात्कार गरेको आरोप लागेको छ | सजाय सुनाए पछि रुदै रहिमले जज संग माफी मागेका थिए | रहिमले जजसंग मलाई माफ गर्नुस म माथि दया गर्नुस भन्दै अपिल गरेका थिए |
रोहतक सुनारिया जेलमै सीबीआई को बिशेष अदालतका जज जगदिप सिंहले २० बर्षको सजायको सुनुवाई गरेका हुन् | फैसला सुनुवाई पछि जगदिप सिंहले भने ; राम रहीमलाई दुई अलग-अलग मुद्दामा दोषी ठहर गर्दै २० वर्षको सजाय सुनाएको बताए | गुरुमीत रामरहीम सिंह माथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजन गराएकोसमेत आरोप लागेको थियो ।
Comments
Post a Comment