म २१ वर्षीया विवाहित महिला हुँ । मेरो श्रीमान् यौनसम्पर्कका क्रममा गुदामैथुन गर्न खोज्नुहुन्छ तर दुख्ने भएकाले म तुरुन्त सम्पर्कका लागि असमर्थ हुन्छु....

गुदामैथुन भनेको के हो ?
धेरैजसोले यौनसम्पर्क भन्नाले योनि-लिङ्ग मैथुन मात्र सम्झन्छन् । यौनसम्पर्क योनि-लिङ्ग मात्र नभै मुख-मैथुन वा गुदा-मैथुन पनि हुनसक्छ । सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौन सम्पर्कलाई नै गुदा मैथुन भनिन्छ । धेरै मानिसले गुदामैथुन भनेकै समलिङ्गी यौन व्यवहार हो भन्ने मान्छन्, तर वास्तविकता के हो भने यो समान लिङ्गी व्यक्तिहरू तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाबीचमा पनि हुन सक्छ । वैवाहिक जोडीबीच पनि यस्तो किसिमको यौनव्यवहार हुने गरेको तथ्य जगजाहेर छ ।
मानिसले किन गुदामैथन गर्छन् ?
यो कुराको जवाफ प्राप्त गर्न सजिलो छैन, तर भिन्न भए पनि यसले प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार नै हो भनेर मान्यता पाएको छ । फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरको अन्य अङ्गहरूभन्दा बढी यौन संवेदनशील हुन्छन् । योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन् । पुरुषको हकमा कुरा प्रोस्टेट अर्थात् पौरुष ग्रन्थि गुदानलीको ठीक अघितिर हुने भएकाले गुदामैथुन गर्दा अप्रत्यक्ष रूपमा पौरुष ग्रन्थिको घर्षण हुन्छ । यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई anal eroticism भनिन्छ । लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई anal orgasm भनिन्छ । अर्कातिर कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्यभन्दा फरक किसिमको कार्य गर्दा एक विशेष प्रकारको आनन्द एवं रोमाञ्चता अनुभव गर्छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रूपमा रोमाञ्चको अनुभव गर्नेहरू यस किसिमको यौन सम्पर्कका लागि लालायित हुन्छन् ।
किन दुखेको होला ?
पहिले के कुरा बुझ्नुपर्‍यो भने योनिको भन्दा गुदद्वारको संरचना निकै फरक हुन्छ । यहाँ के भनौं भने गुदद्वार यौनसम्पर्कका लागि प्राकृतिक रूपमा बनेको अङ्ग होइन । योनिमा यौन उत्तेजना भएपछि यौनसम्पर्कलाई सजिलो बनाउन योनिरस आएजस्तो यसमा कुनै रस आउँदैन ।
गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ । बाहिरी मांसपेशीलाई हामीले चाहेअनुरूप संकुचित वा खोल्ने (खुकुलो पार्ने) गर्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन । लामो अभ्यासपछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो गर्न सकिन्छ । गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे उक्त मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ र चोट पनि लाग्न सक्छ । योनिमा जस्तो योनि रस पनि नहुने अनि गुदद्वार खुकुलो नभएको स्थितिले यौनसम्पर्कका दौरान हुने घर्षण नै पीडाको कारण हुन सक्छ । तपाईले आफूमा कुनै अन्य लक्षण (जस्तै कि घाउ) देखिएको कुरा त गर्नुभएको छैन, तर केही यौन रोग पनि लिङ्ग दुख्ने कारण हुन सक्छ ।
पीडा कम गर्न के गर्ने ?
गुदामैथुनलाई सुखमय बनाउन गुदद्वारमा लिङ्ग, औंला वा अन्य केही वस्तु ग्रहण गर्ने व्यक्ति र उसको गुदद्वारको मांसपेशी तनाव रहित स्थितीमा हुनु आवश्यक हुन्छ । यस्तो स्थितिमा गुदा-मैथुनलाई पीडारहित बनाउन सकिन्छ । त्यसका साथै योनिमा जस्तो रस नआउने भएकाले पर्याप्त मात्रामा थप चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ । पानीमा घुल्ने चिप्लो पदार्थ जस्तै कि K-Y Jelly वा पर्याप्त थूक प्रयोग गर्न सकिन्छ ।
यो मांसपेशीलाई तनावरहित बनाउन अर्थात खुकुलो बनाउन निम्न कुरा सहयोगी हुन सक्छ । गुदद्वार तथा वरिपरिको क्षेत्र अनि श्रीमान्को लिङ्गलाई पनि राम्रोसँग धुनुहोस् । गुदामैथुन सुरु गर्नुभन्दा पहिले त्यसको सफाइ आवश्यक छ । यहाँ तपाइर्ंको श्रीमान्को सहयोग निकै आवश्यक हुन्छ । त्यसपछि गुदद्वार तथा वरिपरिको क्षेत्रलाई हल्का मालिस गर्न श्रीमान्लाई भन्नुहोस् । गुदद्वारमा स्पर्श हुनासाथ त्यसका मांसपेशी संकुचित हुन्छन् । यसरी बिस्तारै मालिस गर्दा संकुचन नभएको स्थितिमा ल्याउन सकिन्छ । यसरी गुदद्वारको मांसपेशीमा तनाव नभएको स्थितिमा भएपछि चिप्लो पदार्थको गुदद्वार तथा औंलामा राख्न भन्नुहोस् र गोलाकार रूपमा विस्तार चलाउन भन्नुहोस् । यसो गर्नाले ती मांसपेशीलाई खुकुलो बनाउन सहयोग मिल्छ र गुदद्वार खुल्छ । अब बिस्तारै-बिस्तारै चिप्लो पदार्थ लगाएको औंला कोमल तरिकाले पसाउन भन्नुहोस् । यस्तो केही पटकसम्म गर्न भन्नुहोस् । अव आफू तयार भएपछि मात्र श्रीमान्लाई पनि आफू तयार हुनुहुन्छ भनेर पक्का भएपछि मात्र बिस्तारै लिङ्ग प्रवेश गराउने कार्य सुरु गर्नुपर्छ । संकुचन भएको स्थिति छ भने जोड गर्नु हुँदैन । लिङ्ग प्रवेशको गति तथा गहिराइको नियन्त्रण लिङ्ग प्रवेश गराउने होइन, लिङ्ग ग्रहण गर्ने अर्थात् तपाईंले गर्नुपर्छ । यसो गरे धेरै हदसम्म पीडा कम हुनेछ । गुदद्वार वा मलाशयमा केही समस्या भएजस्तो लाग्यो, पीडा भैरह्यो वा दिसा गर्दा रगत आउने भयो भने चिकित्सकलाई जँचाउनु बेस हुन्छ ।
थप कुरा
कुरा गुदामैथुन गर्ने क्रममा शारीरिक पीडाको मात्र होइन होला । तपाईं आफू मानसिक रूपमा गुदामैथुनका लागि कति तयार हुनुहुन्छ भन्ने कुरा पनि अति नै महत्त्वपूर्ण पक्ष हो । यसका बारेमा दुवैले राम्रोसँग कुराकानी गरी यौनसुख प्राप्तिमा दुवैको सहभागिता होस् भन्ने कार्यमा लाग्नुपर्छ । एकको पीडामा अर्कोले सुख प्राप्त गर्ने कार्य मनासिव हुँदैन । प्रेममय वैवाहिक सम्बन्धमा यौनसाथीलाई यौन सुख प्राप्ति होस् वा पीडा हुने कुरा होस्, दुवैमा एकएर्कामा गहिरो चासो र चिन्ता हुन्छ । आफ्नो यौन सुखका लागि अरूलाई पीडा दिनु पर-पीडक हुनु हो । तपाईंले यो पक्षमा खासै जानकारी दिनुभएको छैन । यदि यी पक्ष पनि महत्वपूर्ण भए विस्तृतमा पुन: पत्र लेख्न अनुरोध गर्छु, जसले गर्दा तपाईको जिज्ञासाको जवाफ दिन सजिलो होस् ।

Comments

Popular posts from this blog

तिघ्राभित्र दिदीको चिल्लो योनी देखिपछि घर भित्रै दिदीभाइ मच्चिदाँ...

दिदीसंगको रंगिन रात - भाग १ (शान्ति दिदी निकै सेक्सी । गोरी, बाटुलो अनुहार अनि ठूल्ठूला दुधका पोका हल्लाउँदै मस्किदै हिड्थिन। )

दाइ नभएको मौकामा देवरले भाउजु बिताए...पढ्नुहोस् पूरा कथा...