कट्टर भारत बिरोधि भनिएको एमालेको असली रुप छताछुल्ल, भारतीय नम्बर प्लेट र भारतीय झण्डा भएको गाडी चढेर चुनावमा भोट माग्दै (फोटोहरु हेर्नुहोस)
काठमाडौँ, आषाढ ६ | देश निर्वाचनमय बनेको छ | राजनीतिक दलहरु आ-आफ्नो क्षेत्रमा चुनावी प्रचार प्रसारमा ब्यस्त छन | यसै सिलसिलामा आइतबार दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन झापादेखि मोरङ, सुनसरी हुँदै प्रदेश नम्बर २ प्रवेश गर्दा बाटोमा धेरै दृश्य देख्न पाइयो।
हेर्दै जादा निर्वाचन आयोगको आचार संहितालाई नेकपा एमालेले यसरी धज्जी उडाएको देखियो। पहिलो चरणको निर्वाचनमा पहिलो दल बनेको एमालेलाई निर्वाचन आयोगले केहि गर्न सकेको छैन | सुनसरीको लौकहीस्थित कोशी गाउँपालिकाको उम्मेदवारी दर्ता गर्ने ठाउँमा देखिएको भारतीय नम्बर प्लेटका गाडीमा स्पष्ट देख्न सकिन्छ सूर्य चिह्न अंकित झण्डा फहराइएको। तर कसैले त्यसको बिरोध गरेको थिएन |
झुक्किएर त्यहा औता गाडी आएको हैन, त्यहाँ त भारतीय गाडीको लस्करै रहेछ। सबैमा सूर्य झण्डा नै गाडिएको थियो। राष्ट्रवादको नारा लगाउने एमालेले किन यसरी भारतीय गाडीहरु प्रयोग गर्यो ? अझ त्यस गाडीमा भारतीय झन्डा र एमालेको झन्डा एकै साथ फहराउनुले के संकेत गर्छ ? एमाले ले नै जानुन।
Comments
Post a Comment