शायद दार्जिलिङ आज नेपालमा हुनेथियो । दार्जिलिङको वास्तविकता जो कोहि नेपालीले एक चोटी पड्नु पर्ने तथ्य
शायद दार्जिलिङ आज नेपालमा हुनेथियो ।
भारत बाट अंग्रेजहरू जाँदै थिए , यता नेपालमा जुद्ध समसेर राणा नेपालको प्रधानमन्त्री थिए । त्यसैले दार्जिलिङको खर्साङ बाट Advocate (वकिल ) डम्बर शिँ गुरुङ काठमाडौँ आएर जुद्ध समसेर संग भेटेर ' इतिहास अनुसार दार्जिलिङ नेपालको भएको र अहिले अंग्रेजहरू फर्केर जान लागेको हुनाले अंग्रेज संग दार्जिलिङको भुभाग माग्नुस " भनेर सल्लाह दिए तर जुद्ध समसेरले यस कुरालाई स्वीकार गर्ने हिम्मत गरेनन् ।
पछि जुद्ध समसेरले आफ्ना भाइ भतिजहरूलाई यस्ता कारणहरू बताएका थिए ।
१) दार्जिलिङका नागरिकहरू शिक्षित मात्रै होइनन् अंग्रेजकै वकिलहरू बनिसकेका र त्यस्ता समुह वा नागरिकहरू बाट आफ्नो सत्तालाई खतरा हुन सक्ने ।
२) दार्जिलिङका नागरिकहरू म्लेक्ष ( अहिन्दु बिदेशी संग हेलमेल र गाइ गोरु खाने ) भइसकेको र नेपालका नेपालीहरू संग मिसाउँदा हिन्दू धर्मलाई खतरा हुन सक्ने संभावना ।
यदि त्यस समयमा जुद्ध समसेरले आँटेको भए आज दार्जिलिङ नेपालमा हुने थियो होला ।
वकिल डम्बर शिँ गुरुङ भारतको संविधान लेख्ने समितिमा डा अम्बेडकर संगै थिए । संविधान लेख्ने क्रममा वहाँको मृत्यु भएको हुनाले दार्जिलिङ कै अर्को वकिल आरी बहादुर गुरुङ संविधान लेख्ने समितिमा गएका थिए । त्यसैले भारतको संविधानमा वकिल आरी बहादुर गुरुङको हस्ताक्षर छ ।
Comments
Post a Comment