सलाम- यीनै हुन् बहादुर प्रहरी हवल्दार-जसले मतदान भैरहेको बेला अज्ञात समुहले फालेको बम भुइँमा खस्न नपाउदै समातेर उल्टै फालिदिए,सम्मान र हौसला स्वरूप एक शेयर गर्नुहोस अपडेट - हबल्दार राना सम्मानित भएका छन,भिडियो सहित हेर्नुहोस
काठमाडौं, असार १४ | स्थानीय मतदान कार्यक्रम चल्दै गर्दा अज्ञात समुह द्वारा हानिएको बम समाएर सुरक्षित स्थान तिर फाली हजारौ मतदाता तथा ठुलो क्षति हुन बाट बचाउने प्रहरीका एक हबल्दार आज एकाएक चर्चामा आए । असार १४ गते उहाँका लागि अविस्मरणीय भयो । बम बारुदसँग खेलेको पौठाजोरीले उहाँको ज्यानै ज्यान पनि सक्थ्यो तर भाग्य नै भन्नुपर्छ केही भएन । उहाँको साहसिक निर्णयले धेरैको ज्यान जोगायो । अहिले उहाँको साहसको चौतर्फी प्रशंसा भएको छ । प्रहरी पहरा गण काठमाडौंमा दरबन्दी भएका हबल्दार हुन् दुर्गाबहादुर राना । उहाँ एकसाता अघि चुनावी सुरक्षाका लागि दाङ खटिनुभएको थियो । हबल्दार रानाको घर पनि दाङको सल्यान हो ।दाङको तुलसीपुर नगरपालिका वडा नम्बर ३ श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रको जिम्मा प्रहरी नायव निरीक्षक गोपाल शर्माले पाउनुभयो । उहाँ जिल्ला ट्राफिक कार्यालय जाजरकोट चुनावका लागि त्यहाँ आउनुभएको हो । उहाँको साथमा ५ जना प्रहरी र ६ जना म्यादी प्रहरी गरी १२ जनाको टोली थियो । जहाँ अहिले बम पक्रिएर सर्वत्र चर्चा पाउनुभएका प्रहरी हबल्ल्दार राना पनि हुनुहुन्थ्यो । ‘१२ जनाको सुरक्षा टोलि लिएर म एक हप्तादेखिनै त्यस क्षेत्रमा खटिएको थिएँ । यो अतिसंवेदनशील क्षेत्र मानिन्थ्यो’ प्रहरी नायव निरीक्षक शर्माले उज्यालो अनलाइनसँग भन्नुभयो ‘मैले त्यसै अनुसार सुरक्षा तयारी गरेको थिएँ ।’
पालैपालो रातदिन २४ सै घण्टा त्यस मतदान केन्द्रको सुरक्षा दिइएको थियो । बुधबार मतदान गर्ने दिन बिहानैदेखि सुरक्षा व्यवस्था अझ मजबुद बनाइएको थियो । कडा सुरक्षाकैबिच बिहान साढे ९ बजे दाङको तलसीपुर नगरपालिका वडा नम्बर ३ श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बासमा एकाएक बम फालियो । ‘लाइनमा बसेका मतदाता भन्दा अघि म थिएँ’ बम पक्रिने प्रहरी हबल्दार रानाले भन्नुभयो ‘मतदाता अगाडि खसेको बम च्याप्पै समाएर घारीतिर फालिदिएँ ।’ प्रहरी हबल्दार रानाले उज्यालो अनलाइनसँग कुरा गर्दै भन्नुभयो । बिहानै हुस्सु लागेको थियो टाढाको मानछे देख्न सक्ने अवस्था पनि थिए । त्यस्तै वरपर घारी थियो बम कस्ले फाल्यो पत्तै पाइन ।’ हबल्दार रानाले भुँइमा खस्ने बित्तिकै समाएर घारीतिर फालेको बम त्यसको दुई तीन सेकेण्डमै पड्किएको थियो । उहाँले आफू नागरिकलाई सुरक्षा दिन खटिएकाले आफ्नो जिम्मेवारी पूरा गर्न जोखिम मोलेर बम फालेको जानकारी दिनुभयो ।
प्रहरीलाई अविर जात्रा
बम समाएर फालेको सई गोपाल शर्माको टोली र प्रहरी हबल्दारको प्रंशास भयो । मतदान गर्न आएका नागरिकले जोखिम मोलेर बम फाली नागरिकको ज्यान जोगाएको भन्दै अविर जात्रा नै गरेको सई शर्माले जानकारी दिनुभयो । स्थानीय बासिन्दा खुसी भएर प्रहरीको प्रशंसा गरेका थिए । त्यस्तै प्रहरी हबल्दार रानालाई स्थानीय बासिन्दाले बोकेर मतदान केन्द्र वरपर घुमाएका थिए । उनीहरुले फूल, माला अबिर लगाएर सम्मान गरेका हुन् ।
बम फाल्नेले स्कूलको ड्रेस लगाएका थिए
कडा सुरक्षाका बिच मतदान केन्द्रमा बम फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । हुस्सु लागेको र वरपर झाडी भएकाले बम फाल्नेको पहिचान हुन नसकेको सई शर्माले जानकारी दिनुभयो । यद्यपी घटनाको अनुसन्धानबाट केही कुरा भने खुलेको सई शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बम फाल्न दुईजना १६/१७ वर्षका युवक आएका थिए । स्कूलको ड्रेसमा आएका उनीहरु बम फालेर भागेका थिए । घटनास्थलबाट तीन किलोमिटर पर उनीहरु भाग्दै गरेको देखेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सई शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । स्कुले विद्यार्थीको प्रयोग गरेर कसैले फाइदा लिन खोजेको प्रहरीले जनाएको छ ।
माओवादी कार्यकर्ताले फोन लगाए गृहमन्त्रीलाई
बम पक्रिएपछि सर्वत्र चर्चा बटुलेका प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई स्थानीय बासिन्दाले बधाई मात्रै दिएनन् । गृह मन्त्री जनार्दन शर्मासम्मलाई फोन लगाउन भ्याए । ‘हामीले गृहमन्त्रीलाई फोन गर्छौ, तपाईले राम्रो काम गर्नुभएको छ’ भन्दै उनीहरुले गृहमन्त्रीलाई फोन लगाएको सई शर्माले बताउनुभयो । फोन गर्नेहरु स्थानीय माओवादी केन्द्रका कार्यकर्ता थिए । मन्त्री शर्माले फोनमा बम पक्रिने प्रहरी हबल्दारसँग कुराकानी गर्नुभएको थियो । कुराकानीमा उहाँले सुरुमा साहसिक काम गरेको भन्दै हबल्दार रानालाई बधाई दिनुभएको थियो । ‘गृह मन्त्रीले मलाई बधाई दिनुभयो त्यसपछि गर्नु पर्ने जति तपाईलाई गरौंला भन्नुभयो’
को हुन् हबल्दार दुर्गाबहादुर ?
प्रहरी हबल्दार दाङको सल्यान घर भएका हबल्दार दुर्गाबहादुर राना २०६० सालमा प्रहरी जवानमा भर्ना हुनुभएको हो । एसएलसी पास हबल्दार अहिले प्रहरी पहरा गण काठमाडौंमा कार्यरत हुनुहुन्छ । उहाँ गएको वर्ष हबल्दारमा बढुवा हुनुभएको हो । उहाँले भिड नियन्त्रण सम्बन्धी आधारभूत तालिम लिनुभएको छ । प्रहरीमा कुनै कारबाही नभोगी राम्रो छवी बनाएको प्रहरी कर्मचारीका रुपमा हबल्दार राना चिनिनुहुन्छ ।दाङ, असार १४ | अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम प्रहरी हवल्दारले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएपछि उनको चर्चा चुलिएको छ। सुन्दा अचम्म लाग्ने साहस प्रहरी हवल्दार दुर्गा बहादुर रानाले गरेका हुन्। दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथ सुरक्षामा रहेका रानाले ज्यानको पर्वाह नगरी बुथको सुरक्षा गरेका हुन्।
हवल्दार रानाले ठूलो साहसका साथ बुथमा फालिएको बमलाई हातले समातेर फालेर बुथ र मतदातालाई सुरक्षित राखेका हुन्। मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम रानाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन्। अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो।
हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति हुन पाएन। हवल्दार रानाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा क्षति पुग्ने भए पनि उहाँको साहसले कुनै क्षति नभएको प्रहरीको भनाइ छ।
Comments
Post a Comment