गर्भवती महिलाको पेटबाट बच्चा चोर्न खोज्दा…
ब्राजिलमा हालै एक निःसन्तान दम्पतीले एउटी गर्भवती महिलालाई अपहरण गरेर उनको पेटबाट बच्चा चोर्ने प्रयास गरेका छन् ।आफूहरुबाट बच्चा नजन्मेपछि विक्षिप्त बन्दै आएका ती निःसन्तान दम्पतीले बच्चाका लागि सो काम गरेका हुन् । सो जोडीले बच्चा प्राप्ति गर्ने उनीहरुको प्रयास भने सफल हुन सकेन ।बच्चा चोर्न उनीहरूले ती गर्भवती महिलाको चक्कुले पेट चिरेका थिए । पेट चिर्दा गर्भवती महिला र उनको पेटमा रहेको बच्चाको मृत्यु भएको समाचारमा उल्लेख छ ।प्रहरीका अनुसार २१ वर्षीया थाइना दा पिन्टो र उनका श्रीमान फाबियो लुइज लिमाले दुई साताअघि २२ वर्षीया गर्भवती रायन्नी क्रिस्टिनी कोस्टालाई बच्चाकै लागि अपहरण गरेका थिए ।
अपहरण गरेर उनीहरुले आफ्नो घरमा लगेका थिए । त्यसपछि बगैंचामा लगी बच्चा निकाल्ने प्रयास गरेका थिए । कोस्टा र उनको बच्चाको शव दुई दिनअघि आरोपित दम्पतीको रियो दि जेनेरियोमा रहेको घरको बगैंचामा क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
पिन्टो र लिमाको तीन वर्षअघि विवाह भएको थियो । पिन्टाको गर्भाशयमा रहेको सिस्टका कारण डाक्टरहरुले उनको गर्भ रहन नसक्ने बताएका थिए ।यसबाट विक्षिप्त बनेपनि पिन्टोले आफ्नो फुकेको पेटको फोटो फेसबुकमा पोष्ट गरेर आफू गर्भवती भएको दावी गर्दै आएकी थिइन् ।
रियोका प्रहरी प्रमुख एलेन सोउटोले निःसन्तान दम्पतीलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । उनले घटनास्थलमा एउटा चक्कु भेटिएको र धेरैवटा कोठामा रगत लागेको पाइएको बताए ।
Comments
Post a Comment