फेरी आयो साईलीलाइ टक्कर दिने अर्को परदेशी सम्बधि लोक पप गीत “परदेशी”(हेर्नुहोस)
कमल सरगम काठमाण्डौ – “सधै भोलि भोलि भनि टार्यो भन्दै हौली माया त्यस्तो नसोच्नु म आउने छु फर्केर न रोउ धर्किएर,तिम्रो पनि त् चाहना होलानी संगै बस्ने रमाउने तर बाध्यता छ नि माया परदेशको ठाउमा भनेको समयमा छुट्टी पाउन सकिन्न”। यस्तै शब्द भावमा नेपाली सुगम क्षेत्रका प्रतिभासाली गायक श्याम सितलको अर्को मर्मस्पर्सी आधुनुक गीत गीत “परदेशी”बजारमा आएको छ ।श्याम सितलको लय/संगीत र आवाजमा रहेको गीतलाई सितल म्यूजिक प्रालिले बजार ब्यबथापन गरेको हो ।गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल हरि कुमार श्रेष्ठ र नायिका जेबिका कार्कीले गरेकी छिन।चर्चित निर्देशक अर्जुन अधिकारीको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।निशान घिमिरेको सम्पादनमा तयार पारिएको गीतको म्यूजिक भिडियो निकै आसलाग्दो बनेर बजारमा आएको छ ।जसरी साइलीले बजार पिटेको थियो त्यस्तै अर्को आसलाग्दो गीत हो यो ।
Comments
Post a Comment