प्रचण्ड सरकारलाइ सङ्कटमा पार्ने यी हुन् मेन हिरो,जसले नेपाललाई भारत बनाउने संविधान संसोधनको खतरनाक योजना विफल पारे
प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षीका विरोधका बाबजुत जुनसुकै हालतमा आज संविधान संसोधन पारित गर्ने तयारीमा रहेको सरकारलाई गम्भीर झड्का लागेको छ । एमालेलगायतका दलले देशका लागि नै खतरानाक भनिरहेको संसोधन प्रस्ताव सरकारले आज जसरी पनि संविधान संशोधन विधेयक पारित गराउने तयारी गरेको थियो । त्यसका लागि सरकार जुनसुकै हदसम्म जाने अन्तिम तयारी पनि प्रधानमन्त्रीले गरेका थिए । प्रमुख प्रतिपक्षी एमालेको विरोधका बाबजुद संशोधनको पक्षमा लगभग बहुमत पुगिसकेको थियो । तर, अन्तिम समयमा सत्तारुढ दल राप्रपाकै सांसदबाट धोका भयो र सरकारको प्रयासमा पानी पोखियो । आखिर राप्रपाका सांसदहरुले सरकारलाई किन धोका दिए त ? पार्टीले संसोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेपनि राप्रपाका १५ सांसदले बिहानै राजधानीको एक रिसोर्टमा छुट्टैभेला गरेर संसोधन विधेयक असफल पार्ने योजना बनाएका थिए । यसपछि सरकार आज पछि हटेको थियो । स्रोतका अनुसार छुट्टै भेला गर्ने राप्रपाका सांसदहरुलाई हरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहको सहयोग र सद्भाव रहेको बताइएको छ । सो छलफलमा पूर्वराजाका प्रतिनिधिको समेत सहभागिता रहेको र जसरी पनि संसोधन असफल पारेर देश जोगाउनुपर्छ भन्ने निर्णय भएको स्रोतले बताएको छ । जसमा डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको स्रोतको दाबी छ । कमल थापासँग कुरा नमिलेपछि राप्रपा एकता छाडेर लोहनीले हाल एराप्रपा राष्ट्रवादी पार्टी खोलेका छन् ।
Comments
Post a Comment